आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा

बुधबार, २० पुस २०७९, १८ : ०६
बुधबार, २० पुस २०७९

काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । सचिवालयका सचिव धुव्र घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पाण्डेलाई बढुवा गरिएको हो । 

बुधबार बसेको संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई बढुवा गरेको हो । उनी यसअघि संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख तथा प्रवक्ता रहेका थिए । सचिव घिमिरेले गत मंसिर २८ गते राजीनामा दिएपछि सचिव पद खाली रहेको  थियो । नेतृत्व मूल्याङ्क तथा कार्यसम्पादन मुल्याङ्कनबाट तथा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकको सिफारिसमा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो । 

सचिव पाण्डे २०६७ चैतमा उपसचिवमा नाम निकालेर सेवा प्रवेश गरेका थिए भने २०७३ साल वैशाख २१ देखि संसद् सेवामा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप