आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संविधानले तोकेकाेभन्दा बढी मन्त्रालय नहुने

बुधबार, २० पुस २०७९, १९ : २६
बुधबार, २० पुस २०७९

काठमाडौं । संविधानमा व्यवस्था भएको भन्दा बढी मन्त्रालय नबनाइने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा मन्त्रालय फुटाएर संख्या बढाउन लागिएको आशयसहितको समाचार आएको प्रति ध्यानाकर्षण भएको जनाउँदै सचिवालयले यस्तो जनाएको छ । 

संवैधानिक व्यवस्थाअनुसार मन्त्रालयको संख्या कुनै हालतमा नबढाइने र जम्बो मन्त्रिपरिषद्को पनि आवश्यकता नभएको सचिवालयको भनाइ छ । सात दलीय सत्ता गठबन्धनमा भागबण्डा मिलाउनको लागि मन्त्रालयको संख्या बढाउन नहुनेमा सरकार सचेत रहेको सचिवालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप