आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपालसँग भएको भेटवार्ताबारे प्रचण्डले गरे गठबन्धनको बैठकमा ब्रिफिङ

बुधबार, २० पुस २०७९, २० : ४४
बुधबार, २० पुस २०७९

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भएको भेटबारे ब्रिफिङ गरेका छन् । भेटका क्रममा नेपालसँग सकारात्मक कुराकानी भएको प्रचण्डले बैठकमा बताएका थिए । 

आफूले विश्वासको मत लिने क्रममा सहयोग गर्न नेपाललाई आग्रह गर्दा सकारात्मक जवाफ दिएको प्रचण्डको भनाइ थियो । बैठकपछि उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले प्रचण्डले नेपालसँगको भेटबारे बैठकमा सामान्य जानकारी गराएको बताए । बैठकमा प्रचण्डले नेपालसँग आफूले मत मागेको बताएको लामिछानेको भनाइ थियो । 

आजै नेपाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । नेपालको पार्टीलाई सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गर्दै आएका छन् । तर, सो पार्टी अनिर्णीत हुँदै आएको छ । आजैमात्रै नेपालले आफूले प्रचण्डको मुख हेरेर निर्णय नगर्ने भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे पुस २६ गते नै निर्णय गर्ने बताएका थिए । नेपालले प्रचण्डलाई प्रधानमन्त्री हुन राष्ट्रपतिलाई हस्ताक्षर बुझाउँदा सहयोग गरेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप