सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

बिहीबार, २१ पुस २०७९, १० : १४
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ । 

सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने एसएसपी बोहराले जानकारी दिए । 

नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप