सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्टरले किच्दा सहचालकको मृत्यु

बिहीबार, २१ पुस २०७९, ११ : ०१
बिहीबार, २१ पुस २०७९

पाल्पा । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरेमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारु रहेको प्रहरीले जनाएको छ ।

गए राति निस्दीबाट कच्ची भित्री सडक हुँदै पूर्वखोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरका सहचालक सारुको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरको ट्रलीमा बस्नुभएका सारु एक्कासी खस्दा बाँयापट्टीको चक्काले किचेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप