सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिमरास्थित जगदम्बा स्टिल अगाडि दुर्घटना,  एक युवकको मृत्यु

बिहीबार, २१ पुस २०७९, ११ : ३०
बिहीबार, २१ पुस २०७९

बारा । पथलैया–वीरगञ्ज औधोगिक करिडोरको सिमरास्थित जगदम्बा स्टिल अगाडि बुधवार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आइरहेको ना २० प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा  पथलैया घर भएका २४ वर्षिय मनोज मल्लिकको मृत्यु भएको  हो । बुधवार राती अबेरसम्म परिचय नखुलेका मल्लिकको शव बिहिबार बिहान परिवारको जिम्मा लगाएको मधेश प्रदेश ट्राफिक

प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप