सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दमकबाट चार जना लागुऔषध कारोबारी पक्राउ

शुक्रबार, २२ पुस २०७९, ०८ : १३
शुक्रबार, २२ पुस २०७९

झापा । दमकबाट बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । साँझ करीब ६ बजे दमक नगरपालिका वडा नं. २ खरखरेबाछ सोही ठाउँका ३६ वर्षीय सन्तोष राजवंशीको घरबाट राजवंशीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्य तीन जनामा सोही ठाउँका ३६ वर्षीय लिला कुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नं १ का ३१ वर्षीय सन्दिप लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । 

उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम, को १४ प ७७८४, मे ८ प ३०६६ नम्वरका मोटरसाइकलहरु र बिभिन्न कम्पनीका ५ थान मोवाइलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई लाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यसअघि बुधबार मात्रै दमक १ श्रीपाली चोकबाट ३९ वर्षीय धनराज आले र दमक चियादोकान चोकबाट २६ वर्षीय अनिसा कार्कीलाई पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप