प्रिमियर लिग : चेल्सीमाथि सिटीको जित
शुक्रबार, २२ पुस २०७९, ०८ : २३
प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रियाद महरेजले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । महरेजले ६३ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
जितसँगै सिटीले १७ खेलमा ३९ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा छ । चेल्सी २५ अंक जोडेर दशौँ स्थानमा छ ।