आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको बहस : रवि लामिछाने नेपाली नागरिक होइनन्

शुक्रबार, २२ पुस २०७९, १३ : ५०
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गर्दै सर्वोच्चमा एक वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन् ।  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदा भण्डारीले लामिछाने गृहमन्त्रीमा रहिरहन नमिल्ने जिकिर गरे । 

अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नहुने र नागरिकता सम्बन्धी ऐन २०६३ को दफा १० (१) को अनुसार लामिछानले २०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको देखिएको जिकिर गरे ।  निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको तर्क गरे । ‘नागरिकता नलिइकन शासन सत्तामा जान पाइँदैन’, उनले भने । नेपालमा फेमिलि भिसामा आएका रविले नेपाली नागरिकता लिने प्रक्रियासमेत पुरा नगरेकाले उनी गृहमन्त्रीमा रहिरहने नैतिक अधिकार नभएको भण्डारीले समेत जिकिर गरे । 

यस्तै अधिवक्ता रमन कर्णले नागरिकता सम्बन्धी ऐनमा स्वतः खारेज हुने व्यवस्था भएपनि पुनः प्राप्तिको व्यवस्था रहेको उल्लेख गरे । जुन प्रत्रिया लामिछानेले पुरा नगरेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप