सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगका १४ क्लबले गरे दर्ता

शुक्रबार, २२ पुस २०७९, १५ : ५५
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् । त्यस्तै १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५÷१५ लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङ मस्र्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले बिहीबार र शुक्रबार फारम बुझाए । क्लबहरुले तयारीको पहिलो किस्ताको रकम समेत संकलन गरेका छन् ।

चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले प्रवेश फारम बुझाएका थिए । बुधबार सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मार्च ३ बाट सुरु हुँदैछ । प्रतियोगिताको टाई सिट जनवरी १६ मा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप