सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट ३२ जना फरार अभियुक्त पक्राउ

शुक्रबार, २२ पुस २०७९, १९ : २१
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले ठुलो संख्यामा फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । काठमाडौं जिल्लाबाट शुक्रवार ३२ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा किर्ते मुद्दा, जुवा, सरकारी छाप दस्तखत किर्ते, नकवजनी चोरी, लागुऔषध र वैदेशिक रोजगार ठगी लगायत मुद्दाका फरार छन् । फरार अभियुक्तहरूलाई पक्रेर प्रहरीले अदालतमा पेश गरेको छ ।

अदालतले पक्राउ परेकाहरूलाई ११ महिना २८ दिन कैद राख्न र ३ लाख ३० हजार जरिवाना असुल गर्न आदेश गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप