आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपा मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई

शुक्रबार, २२ पुस २०७९, १९ : ३९
शुक्रबार, २२ पुस २०७९

धनुषा । जसपा नेपालले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । 

पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकबाट दलको नेता छान्ने जिम्मा अध्यक्ष यादवलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले जानकारी दिएका छन् । 

संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले निर्वाचन प्रक्रियामा नगई दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए । 

जसपा पार्टीमा संसदीय दलको नेता बन्न निवर्तमान सभामुख सरोज कुमार यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्यहरू रामअशिष यादव, सरोज सिंह कुशवाहा, संजय यादव, शोभा साह, अब्दुल कलाम, मनिष सुमन तथा बच्चा राउत आकांक्षी छन् । प्रदेशसभामा जसपा नेपालको १६ सिटसहित तेस्रो ठुलो दल बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप