आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछानेले भने–नागरिकको सेवा र सहजताका लागि  काम गर्नेछु

शुक्रबार, २२ पुस २०७९, २० : २५
शुक्रबार, २२ पुस २०७९

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले  आफू नागरिकको सेवा र सहजतामा काम गर्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै उनले आफूले बोलेका कुरा इमानदारीका साथ पुरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

लामिछानेले उपप्रधान तथा गृह मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो सुरक्षामा खटिएका प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायव निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी राखेको र अगुवा पछुवाको सुरक्षाकर्मी तथा गाडी पनि घटाएको उल्लेख गरेका छन् ।

यस्तै उनले आफूले सर्वसाधारण नागरिक जस्तै ट्राफिक नियमको पनि पालना गर्दै आएका बताएका छन् । आकस्मिक बाहेक अन्य समयमा साइरन पनि नबजाउने जनाउँदै उनले बिदाको दिन र व्यक्तिगत काममा आफ्नै सवारीसाधन प्रयोग गर्ने पनि बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप