सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा १० लाखको अवैध सामानसहित पिकअप भ्यान बरामद

शनिबार, २३ पुस २०७९, १२ : ५२
शनिबार, २३ पुस २०७९

रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित प्रहरी गस्ती टोलीले झन्डै १० लाख बराबरको विभिन्न अवैध सामानसहित पिकअप भ्यान बरामद गरेको छ। 

प्रदेश २-०२-००१च ०२४३ नम्बरको पिकअप भ्यानमा बिलबिजक नमिलेको ९ लाख, ८८ हजार ३८० रुपैयाँ बराबरको गुट्खा तथा किराना सामान प्रहरी टोलीले बरामद गरेको हो। 

सर्लाही हरिवन नगरपालिका ५ वर्ष ३३ का  विनोद महतोले चलाएको उक्त गाडीमा अवैध सामान भएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए । 

बरामद सामान, पिकअप भ्यान,तथा  चालकलाई  आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप