आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

छिमेकी राष्ट्रलाई चेतावनी दिँदै अध्यक्ष ओलीले भने, ’यो नेपालीले बनाएको नेपालको आफ्नै सरकार हो’

शनिबार, २३ पुस २०७९, १५ : ११
शनिबार, २३ पुस २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीले आफ्नै सरकार बनाउन सफल भएको टिप्पणी गरेका छन् । शनिवार नयाँ बानेश्वरमा एमालेले नवनिर्वाचित सांसदहरूका लागि गरेको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संगठित ढङ्गले नेपालमा अस्थिरतालाई अगाडि बढाइरहेका बेला असाधारण ढङ्गले त्यो कोर्सलाई परिवर्तन गरेको उल्लेख गरे । 

उनले भने–‘नेपालमा नेपालीले सरकार बनाउन नपाउने, सरकार बनाउन नपाउने यस्तो पनि कहीँ हुन्छ ? त्यसलाई रोक्दै अहिले हामी नेपालीले सरकार बनाएका छौँ । यो नेपालीको सरकार हो, हामीले आफ्नै सरकार बनाउन सफलता हासिल गरेका छौँ यो ठुलो कुरा हो । अहिलेको परिवर्तनको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी नेपालीले नेपालको सरकार बनाएका छौँ । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो । हामीले बनाएका छौँ सरकार । यो ज्यादै महत्त्वपूर्ण उपलब्धि हो र राष्ट्रिय रूपमा हामीले गरेको ज्यादै ठुलो प्रतिरोध हो ।’ उनले  बाह्य हस्तक्षेपका बाबजुद सरकार बनाउन सफल भएको उल्लेख गरे । साथै उनले नेपालको आन्तरिक मामिलामा हात नहाल्न छिमेकी देशहरूलाई चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप