सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुणस्तरहीन घिउसहित वीरगञ्जबाट एक जना पक्राउ

शनिबार, २३ पुस २०७९, १६ : ५३
शनिबार, २३ पुस २०७९

पर्सामा २ हजार लिटरभन्दा बढी गुणस्तरहीन घिउ सहित एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित श्री गणपती रिपैकिङ उद्योग, गणपती पूजा सामग्री रिपैकिङबाट मिसावट गरी तयार पारिएको २० केजी तौलमा प्याकिङ गरिएका डाल्डा घिउ २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घिउ ६ सय १३ लिटर सहित उक्त उद्योगका सञ्चालक सर्लाही विष्णु गाउँपालिका-८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधामा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले रायले आफ्नै घरमा संचालन गरेको सो उद्योगबाट उक्त परिमाणको गुणस्तरहीन घिउ फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा नापतौल गुणस्तरीय कार्यालय तेजारथ टोल वीरगञ्ज पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप