सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शनिबार, २३ पुस २०७९, १७ : ०३
शनिबार, २३ पुस २०७९

बैंकिङ कसूर मुद्दामा सजाय ठहर भई फरार रहेका एक जना भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका-४ ठेगाना भएका ३७ वर्षी गोकुल खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७८ वैशाख ७ गतेको फैसलाले २ दिन कैद, ५ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-४ नारायणटारबाट पक्राउ गरेको थियो  । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप