आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध किन हजारौं मानिस सडकमा उत्रिए ?

आइतबार, २४ पुस २०७९, ०९ : ५७
आइतबार, २४ पुस २०७९

इजरायलमा शनिबार हजारौं मानिसले प्रधानमन्त्री नेतन्याहुको नयाँ सरकारविरुद्ध प्रदर्शन गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार नयाँ सरकारलाई अहिलेसम्मकै सबैभन्दा दक्षिणपन्थी सरकार भनिएको छ ।

राजधानी तेल अविभमा भएका प्रदर्शनहरूमा प्रदर्शनकारीहरूले ‘लोकतन्त्र खतरामा छ’ र ‘फासीवाद र रंगभेदविरुद्ध एकता’ भन्ने नारा लगाएका थिए । केही मानिसले इजरायलको झण्डा र समलैङ्गिकताको पहिचान बनेको इन्द्रेणी झण्डा बोकेका थिए ।

कतिपयको हातमा ‘अपराधमन्त्री’ लेखिएको ब्यानर थियो । पछिल्ला केही वर्षहरूमा नेतन्याहुको विरोधमा यो नारा प्रयोग भइरहेका छन् ।

नेतन्याहुले नोभेम्बर १ को चुनावपछि गत महिना पदभार ग्रहण गरेका थिए ।

उनको गठबन्धन सरकारमा अति दक्षिणपन्थी र अति–रुढिवादी यहूदी दल पनि सामेल छन् । यी दलका केही पदाधिकारीलाई प्रमुख मन्त्रालय पनि दिइएको छ ।

israel1यी मध्ये एक नेताले गत वर्षको अन्त्यमा कर छली गरेको स्वीकार गरेका थिए ।

त्यस्ता नेताहरू पनि समावेश छन्, जसमध्ये एकले आफ्नो घरमा यस्ता व्यक्तिको तस्बिर राखेका छन् जसले प्रार्थना गर्ने प्यालेस्टिनीहरुको हत्या गरेका थिए । ७३ वर्षका नेतन्याहु माथि पनि भ्रष्टाचारको आरोप लागेका छन् ।

नेतान्याहु इजरायलको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन् । उनले सन् १९९६–१९९९ र सन् २००९ देखि २०२१ सम्म देशको नेतृत्व गरेका छन् ।

नयाँ सरकारको नीतिबारे कुरा गर्दै सरकारले अतिक्रमित वेस्ट बैंकमा बस्ती विस्तार गर्ने नीति अवलम्बन गर्ने योजना सार्वजनिक गरेको छ ।

यसका साथै, समलिङ्गी समुदायका सदस्य र समर्थकहरूलाई चिन्तामा पार्ने खालका सामाजिक सुधारमा पनि सरकारले काम गर्न सक्छ ।

यसबाहेक नवनियुक्त न्यायमन्त्रीले यसै साता घोषणा गरेका सुधार कार्यक्रम अनुसार संसदले पनि सर्वोच्चको फैसला उल्टाउन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप