आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपरथी शाहीमाथि छानबिन गर्न कोर्ट अफ इन्क्वाइरी गठन

आइतबार, २४ पुस २०७९, ११ : १७
आइतबार, २४ पुस २०७९

काठमाडौँ ।  सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि  छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका हुन् । उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको नेपाली सेनाका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । इक्वाइरी टिमका संयोजक श्रेष्ठ सेनामा प्रेम शाही भन्दा जुनियर हुन् ।

पुस १९ मा शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीलाई अहिले भद्रकालीस्थित सैनिक प्रहरी गणको हिरासतमा राखिएको छ । बुढानिलकण्ठ नगरपालिकास्थित चपलीमा रहेको उनको घरमा सेनाले पुस २१ मा छापा मारेको थियो । पारिवारिक स्रोतकाअनुसार दिउँसो ३ देखि राति ९ बजेसम्म सैनिक प्रहरीले छापा मारेर महत्वपुर्ण कागजात र ल्यापटप लगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप