प्रदेश १ : सभामुखको निर्वाचन पुष २८ मा
आइतबार, २४ पुस २०७९, १४ : ३६
विराटनगर । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आइतबार संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुने छ ।
सभामुख नेकपा माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र सङ्खुवासभाका राजेन्द्र कार्कीले दाबी गरेका छन् ।