सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जबर्जस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका ७१ वर्षीय फरार अभियुक्त पक्राउ

आइतबार, २४ पुस २०७९, २१ : १७
आइतबार, २४ पुस २०७९

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा अदालतले १९ वर्ष कैद सजायको फैसला गरेका ७१ वर्षीय फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका क्रममा कारागार पठाएको छ ।

प्रहरीका अनुसार २०७६ साउन ७ गते पोखरा महानगरपालिका–२८, माझठाना बस्ने ७१ वर्षीय तारानाथ तिवारी अपाङ्गता रहेकी एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतले ०७७ असोज २७ गते निजलाई सफाइ दिएकोमा सोही मुद्दा उच्च अदालतमा पुनरावेदन गरिएको थियो ।

गत वैशाख १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै निलाई १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो । सोही फैसला कार्यान्वयनका क्रममा तिवारीलाई शुक्रबार निजकै घरबाट पक्राउ गरी आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको र कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप