आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

दुग्धजन्य वस्तुको आयातमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी बाहिरिँदै

सोमबार, २५ पुस २०७९, ०५ : ३८
सोमबार, २५ पुस २०७९

नेपालबाट डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी विदेश जाने गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा यसबीचमा वार्षिक न्यूनतम १ अर्ब ८० करोडदेखि २ अर्ब ६० करोड रुपैयाँसम्म डेरी प्रडक्टको आयातमा विदेश गइरहेको देखिन्छ ।

सरकारले हरेक वर्ष देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आए पनि यसको आयात घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । चालू आर्थिक वर्ष (आव) को ५ महीनामै १ अर्ब रुपैयाँभन्दा बढीको डेरी प्रडक्ट नेपालमा आयात भइसकेको छ । यो ५ महीनामा २४ लाख ८८ हजार किलो डेरी प्रडक्टको आयातमा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ विदेशिएको छ । यो भनेको गतवर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा १९ लाख २६ हजार किलो डेरी प्रडक्ट आयात गर्न ९० करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप