आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

सोमबार, २५ पुस २०७९, ०६ : १९
सोमबार, २५ पुस २०७९

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडमा रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ समेतलाई आधार मानेर बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको हो ।

न्यूनतम शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र बैंकको मुख्य कार्यालय काठमाडौँ स्थित कम्पनी सचिवालयमा आवेदन दिन सक्नेछन् । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनको आधारमा उम्मेदवारहरू मध्ये सम्भव भएसम्म पाँच जना उम्मेदवारलाई सर्ट लिष्टिङ्ग गरी व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।

2023-01-09-12-05-30-gopa-pdf-push-25-9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप