सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाल्पामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

सोमबार, २५ पुस २०७९, ०९ : २२
सोमबार, २५ पुस २०७९

पाल्पा । पाल्पा जिल्लाको रम्भामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका वडा नं.३, स्थित कालीगण्डकी कोरिडोर सडक खण्डमा आईतबार बेलुकी ७ बजे भएको दुर्घटनामा रम्भा–१, हुँगीका १७ वर्षका विशाल थापाको मृत्यु भएको हो । 

थापाको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरमा सवार रहेका रामपुर–१, बस्ने २४ वर्षका दिलबहादुर घर्ती सोही स्थानका १६ वर्षका युवराज घर्ती, रम्भा–१, असर्दी बस्ने १८ वर्षका पूर्णबहादुर बोटे र १९ वर्षका विवेक थापा घाइते भएका छन् । दुर्घटनापछि ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप