आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको पहिलो बैठकमा रवि लामिछानेले सम्बोधन गर्ने

सोमबार, २५ पुस २०७९, १२ : ४०
सोमबार, २५ पुस २०७९

काठमाडौँ । निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं पार्टीको संसदीय दलको नेता समेत रहेका लामिछानेले सम्बोधन गर्न लागेका हुन् ।

आज बसेको रास्वपाको संसदीय दलको बैठकले संसद बैठकमा लामिछानेले संवोधन गर्ने र सभामुख नरहेको अवस्थामा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा पार्टीबाट सांसद डा.चन्दा कार्कीको नाम दिने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिएका छन् । 

आज दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा विभिन्न १२ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप