एलिनाको नयाँ गीत ‘एक झल्को’ सार्वजनिक
सोमबार, २५ पुस २०७९, १२ : ४५
काठमाडौँ । गायिका एलिना चौहानको नयाँ गीत ‘एक झल्को’ सार्वजनिक भएको छ । सुरज अधिकारी प्यारेको शब्द तथा नविन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ । गीतको भिडियोमा मोडलिङ पनि गायिका चौहानले नै गरेकी छन् । गीतकार सुरजले आफ्नी प्रेमिका प्रभा बस्नेतलाई समर्पित गर्दै लेखेको यो गीत प्रभाकै जन्मदिन पारेर सार्वजनिक गरेका हुन् ।
बिक्रम चौहानको निर्देशन रहेको भिडियोको छायांकन जनक वलीले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानको रहेको छ । सुरजका यसअघि ‘ए माया जूनकिरी’ बोलको गीत सार्वजनिक भएको थियो ।