प्रदेश १ : माओवादी केन्द्रले शपथग्रहण बहिष्कार गर्ने
सोमबार, २५ पुस २०७९, १३ : ४९
विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण बहिष्कार गर्ने निर्णय गरेको छ । संसद् सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको माओवादी सांसद गणेश उप्रेतीले जानकारी दिए ।
आलाेपालाेकाे निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णयसमेत गरेको छ । प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कार्की आइतबार नियुक्त भएका छन् । उनलाई आज दिउँसाे २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानो आकारको मन्त्रीमण्डल निर्माण गर्ने तयारी गरेका छन् ।