बाबुराम नेतृत्वको नेसपाको बैठक जारी
सोमबार, २५ पुस २०७९, १५ : ०२
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी९नेसपा०को बैठक जारी छ । दिउँसो एक बजेदेखि सुरु भएको राजनीतिक समितिको बैठक पार्टी कार्यालय शान्तिनगरमा चलिरहेको हो ।
अहिले बैठकमा सहभागी नेताहरुले आ-आफ्नो धारणा राखिरहेको नेता विश्वदीप पाण्डेले बताए । सबै प्रतिनिधि नेताहरुले आफ्नो धाराणा राखेपछि सुझाव संकलन गरिने उनले बताए ।
आजको बैठकमा पार्टी एकता गर्न वार्ता समिति समेत गठन गरिएको पाण्डेले बताए । गत आइतबारदेखि सुरु भएको बैठक सकेसम्म आजै सक्ने तयारी छ । पार्टीका नेता महेन्द्र राय यादव संसद् बैठकमा सहभागी भएकाले आजै सक्न समस्या हुने बताएको छ ।