आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्यास विस्फोटबाट भक्तपुरमा एक महिला घाइते

सोमबार, २५ पुस २०७९, १७ : ३७
सोमबार, २५ पुस २०७९

भक्तपुर । खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एकजना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका(३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् ।

भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको बाहिरको भान्साकोठामा ग्यास सिलिण्डरबाट लिक भएर विस्फोट भएको हो ।  विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

विस्फोटबाट भान्साको वाल, सिसालगायत पार्किङमा रहेको गाडीको सिसामा समेत क्षति पुगेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाएको छ । –न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप