आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डसँगको भेटपछि छलफलका लागि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई

सोमबार, २५ पुस २०७९, १९ : ४१
सोमबार, २५ पुस २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास धुम्बाराहीमा बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवालाई भेटेर आफूलाई विश्वासको मत मागेपछि देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

आइतबार साँझ देउवालाई भेटेर प्रचण्डले भोलि संसद्मा आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसपछि देउवाले आवश्यक छलफलका लागि पार्टीका शीर्ष नेताहरूलाई धुम्बाराही बोलाएका हुन् । देउवाको सचिवालयका अनुसार शीर्ष नेताहरू धुम्बाराही आउने क्रम जारी छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप