आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिएको प्रति उपेन्द्र यादवको आपत्ति

मङ्गलबार, २६ पुस २०७९, ०९ : ५१
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । सरकारलाई समर्थन दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले दिएको बिदालाई विरोध गरेका छन् ।

राजतन्त्रात्मक निरङ्कुश पन्चायतती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई २०६२-०६३ को जनआन्दोलनद्वारा खारेज गरिएको उल्लेख गर्दै उनले एमाले र माओवादी गठबन्धन नेतृत्वको सरकारले यसलाई पुनर्स्थापना गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफ्नो फेसबुकमा एमाले–माओवादी नेतृत्वको पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारले यसलाई पुनर्स्थापित गर्नु भनेको जनआन्दोलनको मर्म र भावना विपरीत कार्य रहेको उल्लेख गरेका छन् । साथै शहीदको अपमान पनि भएको उल्लेख गर्दै अध्यक्ष यादवले यसले विविधतामा एकता हैन, एकतामा विभेद, असमानता र विविधता नै उत्पन्न गर्ने बताएका छन् ।

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने कुरा सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा समावेश गरेको थियो तर जसपाले असहमति जनाएपछि त्यसलाई हटाइएको थियो । साझा न्यूनतम कार्यक्रममा नराखिए पनि सरकारको निर्णयबाट पृथ्वी जयन्ती र एकता दिवको अवसरमा बिदा दिएको प्रति अध्यक्ष यादवले आपत्ति जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप