आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

सपनालाई बिपनामा परिणत गर्न यथार्थको धरातलमा टेक्नुपर्छ : माधव नेपाल

मङ्गलबार, २६ पुस २०७९, १५ : ४०
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भिजन नभएका र सपना नभएकाहरूले देश बनाउन नसक्ने बताएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीलाई गफभन्दा बढी काम गर्न आग्रह गर्दै भ्रष्टाचारमा संलग्न नहुने र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने काममा लाग्न आग्रह गरे । 

प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने बताउँदै उनले देश बनाउने जिम्मेवारी पाएका व्यक्तिमा भिजन पनि हुनुपर्ने बताए ।  

‘जुनसुकै नेतृत्वमा देश बनाउने जिम्मेवारी भएका व्यक्तिले देश बनाउने भिजन पनि राख्नुपर्छ । भिजन नभएका र सपना नभएकाहरूले देश बनाउन सक्दैनन्’, अध्यक्ष नेपालले भने, ‘तर सपनाले मात्रै हुँदो रहेनछ । सपना बिपनामा परिणत गर्न यथार्थको धरातलमा टेकेर नेपालका समस्या पहिचान गर्न सक्नुपर्छ र उचित समाधान खोज्नुपर्छ ।’

उनले मुलुकको समस्या समाधान गर्ने क्रममा तात्कालिक, मध्यकालिक र दीर्घकालीन पक्षहरूलाई ध्यान दिनुपर्ने बताए । उनले नेपालको अर्थतन्त्रलाई अघि बढाउन कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सक्नुपर्ने बताए । 

‘कामको गुणस्तरीयताको सुनिश्चित हुन सक्नुपर्छ । हाम्रो समस्या अधिकार माग्ने तर कर्तव्यप्रति गम्भीर बन्ने गरेका छैनौ’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप