सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेमकिपा प्रतिपक्षमा बस्ने, भ्रष्टचारीलाई मृत्युदण्ड दिने कानुन ल्याउन माग

मङ्गलबार, २६ पुस २०७९, १६ : १४
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेको छलफलमा भाग लिँदै सो पार्टीका सांसद प्रेम सुवालले पार्टी प्रतिपक्षमा बस्ने जानकारी गराएका हुन् । 

उनले ठूल्ठूला भ्रष्टाचारमा संलग्नहरुलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दवाव दिए । 
उनले काठमाडौं उपत्यका विकास प्राधिकरण आवश्यक नभएको भन्दै तत्काल खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

 सांसद सुवालले भने, ‘ठूल्ठूला भ्रष्टाचारी, महिला बलात्कार गरेकालगायतका अपराधिहरु, मानव अधिकारको गम्भीर उलंघन गरेका नेपालको गुह्य कुरा विदेशीलाई पु¥याउने देशद्रोहीलाई अहिलेको संविधान संशोधन गरी मृत्यदण्ड दिने कानुनी व्यवस्था गर्न आवश्यक छ ।’ उनले एमसीसीको पनि विरोध गरे ।

सांसद सुवालले चुरे क्षेत्रको ढुंगागिटी भारतलाई खरिदविक्री गर्ने काम बन्द गर्नुपर्ने बैठकमा बताए । उनले काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रहरु उपत्यका बाहिर सार्ने निर्णय कार्यान्वयन गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप