आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेशमलगायतका बन्दी कानुनसम्मत ढंगले छुट्छन् : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, २६ पुस २०७९, १६ : ३९
मङ्गलबार, २६ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत छुटाउन पहल गर्ने बताएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा संासदहरुले उठाएको मागबारे सरकार र संसद्ले गम्भीरतापूर्वक लिएको भन्दै रेशम चौधरी लगायतका बन्दीलाई न्याय दिनुपर्छ भन्नेमा आफू रहेको बताए । 

उनले पछिल्लो समय सरकारले गरेको सहमतिका आधारमा अध्यादेशमार्फत छुटाउने प्रयास भएपनि अव सदन नै भइसकेकोले सोहीमार्फत समस्या समाधान गरिने बताए । 

‘रेशम चौधरीको मुद्दा जटिल र अप्ठेरो त छ तर छुटाउने पहल सरकारले गर्छ । सदनबाट कानुनसम्मत ढंगले रेशम चौधरीलगायतका बन्दी छुटाउने पहल गरिन्छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप