सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फेसबुकमा जागिरको विज्ञापन गरेर १८ लाख ठगी

मङ्गलबार, २६ पुस २०७९, १७ : २६
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । सामाजिक सञ्जालमा ‘विदेशमा राम्रो रोजगारको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–३ घर भएर काठमाडौँको नागार्जुन बस्ने मनम घर्तिलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

२३ वर्षीय मनम घर्तिले सुरज थापा नामबाट फेसबुकमा  विज्ञापन गरेर पीडितहरूलाई सम्पर्कमा ल्याउँथे । विज्ञापनमा भनिएको हुन्थ्यो–‘फ्रान्स र स्विजरल्याण्डमा रोजगारमा जान चाहनेले ह्वाट्स एपमा सम्पर्क गर्नुहोला ।’

विदेशी नम्बरको ह्वाट्स एपमा सम्पर्क गरेपछि आरोपीले पीडितहरूलाई आफ्नै खातामा पैसा जम्मा गर्न लगाउँथे । पैसा जम्मा गरेपछि सक्कल नागरिकता र पासपोर्ट मागेर पीडितकै नामको सिमकार्ड निकालेर अनलाइन बैंकिङ मार्फत ‘ओटिपी’ कोड लिएर पैसा चोर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

‘नागरिकता र पासपोर्ट लिएर आरोपीले पीडितले नै चलाउने सिमकार्ड डुप्लिकेशन गरेको भेटिएको छ’ एसपी कोइराला भन्छन्–‘मोबाइल बैङ्किङमा पहुँच राखेर पैसा चोरेको अनुसन्धानबाट थाहा भएको छ ।’

मनम र अर्का एकजना मिलेर १८ लाख ठगेको थाहा भएको छ । ठगेको रकम दुबईमा बस्ने शेर बहादुर चौधरीलाई पठाउने गरेको मनमले प्रहरीलाई बताएका छन् । आरोपीहरू विरुद्ध ४ जनाले जाहेरी दिएका छन् । मनमको डेराबाट प्रहरीले १७ वटा नागरिकता बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप