आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वासको मत नदिने भनेको थिएँ : प्रदीप पौडेल

मङ्गलबार, २६ पुस २०७९, १७ : ४५
मङ्गलबार, २६ पुस २०७९

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभई प्रतिपक्षमा बस्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरूले विश्वासको मत दिएको बताए । उनले काँग्रेस अझै पनि निरन्तर प्रतिपक्षमा रहने बताए । 

उनले भने, ‘नेपाली काँग्रेस प्रतिपक्षमा नै छ । नेपाली काँग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको छ । मैले व्यक्तिगत रूपमा प्रतिपक्षमा बसेको दलले विश्वासको मत नदिने भनेको थिएँ । दिन मिल्दैन पनि किनभने प्रतिपक्षले सरकारको आलोचना अथवा गुण र दोषको आधारमा विरोध र समर्थन गर्ने हो भनेर असहमति राखेको थिएँ । तर पार्टीले निर्णय गरेपछि हामीले निर्णय मान्यौँ । नेपाली काँग्रेस पार्टी निरन्तर रूपमा प्रतिपक्षमा नै रहन्छ । सत्तामा काँग्रेस गर्ने सम्भावना छैन ।’ सांसद पौडेलले काँग्रेस प्रतिपक्षमा नै बसेर प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप