सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल पुलको रेलिङमा ठोकियो, एकको मृत्यु

बुधबार, २७ पुस २०७९, १० : ३९
बुधबार, २७ पुस २०७९

झापा । झापामा अनियन्त्रित भएर पुलको रेलिङमा ठोकिएको मोटरसाइकल र अर्को मोटरसाइकल एकापसमा ठोकिँदा जनाको मृत्यु भएको छ । 

मंगलबार साँझ मेचीनगर नगरपालिका वडा नम्बर ७ निन्दा पुलस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोकिँदा ठक्कर दिएको थियो । 

सो क्रममा मे २ प ७०९२ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ५३ का सूर्य नारायण चौधरी घाईते भएका थिए । उनको एन्जल मेडिकल धुलाबारीमा उपचार भई रहेको र मे ५ प १९४३  नम्बरको मोटरसाइकल मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३३ का सुसाहाङ नेम्वाङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटना हुने दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप