स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फाराम भर्ने म्याद थप
बुधबार, २७ पुस २०७९, १२ : २७
काठमाडौं । अनलाइनमा समस्या आएपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्को पाँचौ नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थपिएको छ । व्यवसायी परिषद्ले सूचना निकाल्दै एकै साथ अनलाईन फारम भर्नेको सङ्ख्या ज्यादा भई अनलाइन नाम दर्ता प्रक्रियामा समस्या उत्पन्न भएकाले समय थप गरिएको जनाएको छ ।
परिषद्ले पुस २६ गते बेलुका ४ बजेसम्म आवेदको माग गरेको थियो । अनलाईन प्रक्रियामा समस्या आएपछि पुस २७ गते अर्थात् आज राति १२ बजे एकल दस्तुरमा फाराम भर्न सकिने नेपाल स्वस्थ्य व्यवसायी परिषद्ले जनाएको छ ।