मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनिच्छित गर्भ यसरी रोकौँ

बुधबार, २७ पुस २०७९, १३ : ४२
बुधबार, २७ पुस २०७९

काठमाडौँ । सरकारले अनिच्छित गर्भ रोकी अस्थायी तथा स्थायी बन्ध्याकरण गर्नका लागि परामर्श लिन सुझाव दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सन्तानको रहर पुगेमा सही परामर्श लिई आफूलाई उपयुक्त लाग्ने परिवार योजनाका साधन प्रयोग गर्न र अनिच्छित गर्भ बस्न नदिन आग्रह गरेको हो । 

स्थायी बन्ध्याकरण सेवामा पुरुष बन्ध्याकरण र महिला बन्ध्याकरण पर्दछन् । परिवार योजना सम्बन्धी समस्या वा जिज्ञासा भएमा निर्धक्करुपमा निःशुल्क हेल्पनाइन नम्बरमा सम्पर्क गर्न सकिने  सूचना केन्द्रले जनाएको छ ।

यस्तै, सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार परिवार योजना, सुरक्षित गर्भपतन लगायत प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श तथा जानकारीका लागि नेपाल सरकार र सरोकार निकायहरूले हेल्पलाइन सेवा सञ्चालन गरिरहेको सूचना केन्द्रले जनाएको छ । 

हेल्पलाइन सेवाः

–मेरी स्टोप्सः ११४३,एनटिसी र एनेसेल प्रयोगकर्ताको लागि बिहान ७ देखि राति १२ बजेसम्म  सम्पर्क गर्न सकिन्छ ।

–नेपाल परिवार नियोजन संघः १६६००१४५०००, एनटिसी प्रयोगकर्ताको लागि बिहान ७ देखि बेलुका ७ बजेसम्म सम्र्पक गर्न सकिन्छ ।

–सिस्टर ममता आईभिआर सेवामा एनटिसीः१६६००१००४५५

एनसेल नम्बर ९८०१५७२०२० सम्र्पक गर्न सकिने सूचना केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप