आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्त्वपूर्ण छ : देउवा

बुधबार, २७ पुस २०७९, १७ : ४०
बुधबार, २७ पुस २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आधुनिक नेपाल निर्माणमा तत्कालीन राजा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । 

पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा बुधबार शुभकामना वक्तव्य जारी गर्दै शाहले अवलम्बन गरेका स्वावलम्वी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायत कतिपय नीतिहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको देउवाले बताए ।

उनले राष्ट्रिय एकता दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरे ।

deuba

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप