आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

विश्वासको मत पाएको भोलिपल्ट प्रचण्ड-ओलीबीच छलफल

बुधबार, २७ पुस २०७९, १८ : ४८
बुधबार, २७ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको बताइएको छ । 

भेटवार्तामा दुई नेताबीच संघका मन्त्रीहरुको भागबण्डाका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएसँगै  मन्त्रिपरिषदलाई पूर्णता दिने गरी नेताहरु अघि बढेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप