आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रालयको भागबण्डा टुंगो लगाउन बिहिबार सत्ता गठबन्धनको बैठक बस्दै

बुधबार, २७ पुस २०७९, २१ : १०
बुधबार, २७ पुस २०७९

काठमाडौं । मन्त्रालयको भागबण्डा टुंगो लगाउन भोलि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सत्ता गठबन्धनका बैठक तय भएपनि समय भने निर्धारण हुने सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले हिजो प्रतिनिधि सभामा विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार गर्न जुटेका छन् । त्यसै अनुसार प्रधानमन्त्री प्रचण्ड गोरखाबाट आएर आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न उनको निवास बालकोट पुगेका थिए ।

दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रचण्डको सचिवालयले जनाएका छ । सचिवालयका अनुसार भोलि गठबन्धनका नेताहरुबीच थप छलफल गरेर मन्त्रीको टुंगो लगाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप