पाल्पामा श्रीमानलाई चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ
बिहीबार, २८ पुस २०७९, १४ : १५
पाल्पा । पाल्पामा श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन् । तानसेन नगरपालिका–७ की प्रियंका थापाले श्रीमान ३० वर्षीय शेरजंग थापालाई ज्यान मार्ने उद्देश्यले पेटमा धारिलो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले श्रीमान् श्रीमतीबीच पटक पटक विवाद भएपछि ज्यान मार्ने उद्देस्यले चक्कु प्रहार गरेको जनाएको छ । प्रियंकालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।