सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बृहत पुस्तक प्रदर्शनीबाट १६ लाख रुपैयाँ भन्दा बढी आम्दानी

बिहीबार, २८ पुस २०७९, १६ : २९
बिहीबार, २८ पुस २०७९

काठमाडौं । साझा प्रकाशनले गत पुस १७ गतेदेखि गरेको वृहत पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रिय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरुमा वृहत पुस्तक प्रदर्शनी गरिरहेको छ । 

साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले प्रदर्शनीबाट २७ गते (हिजो) सम्ममा १६ लाख ३४ हजार ५८० रुपैयाँ आम्दानी गरेको जानकारी दिए । हालसम्म प्रदर्शनीमा करिव १ हजार जनाभन्दा बढी मानिसहरुले अवलोकन गरेको उनले बताए ।  उनले प्रदर्शनीबाट मुख्यगरी इतिहासका पुस्तकहरु धेरै बिक्री भइरहेको पनि बताए । उनले भने, ‘अहिले इतिहासका पुस्तकहरु धेरै गइराखेका छन् । हामीले पहिले इतिहासका पुस्तकहरु छापेर राख्नुपथ्र्यो धेरै वर्षसम्म बिक्री भएनन् । यि बिक्री नहुने नै पो हुन् कि भन्ने लाग्थ्यो हामीलाई । तर अहिले इतिहासका पुस्तक मान्छेले खोजेर, रोजेर लिएर गइराख्नुभएको छ ।’

प्रदर्शनीमा आफ्नो रुची अनुसारका पुस्तकहरु खोज्दै दैनिकहरुमा मानिसहरु आइरहेका उनको भनाइ छ । पुस्तक प्रदर्शनीमा पुस्तक लिन पुगेकी पूर्णिमा गिरीले आफूले हाल पुराना लेखकहरुको पुस्तक पढीरहेको र सोही अनुरुपका पुस्तकहरु लिनका लागि प्रदर्शनीमा आएको बताइन् । 

उनले डिजिटल प्रविधिका कारण युवा पुस्ताहरुमा पठन संस्कृति कम हुँदै गएको सुनिएपनि भित्रि मनदेखि नै पढ्नुपर्छ भन्ने भावना बोकेकाहरुले पुस्तक पढ्ने गरेको धारणा राखिन् । त्यस्तै पुस्तक प्रदर्शनीमा पुस्तक खरिदका लागि पुगेका सीताराम बडालले आफू प्रदर्शनीमा उपलब्ध भएका कितावहरुको आधारमा खरिद गर्ने पुस्तक छनौट गर्ने बताए । 

उनले देशको कला , सस्कृति, साहित्य र इतिहासको बारेमा ज्ञान लिनु आवश्यक रहेको बताए । साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी केन्द्रिय कार्यालय पुल्चोक र प्रदर्शनीमार्गसँगै धरान, बिर्तामोड, विराटनगर, जनकपुर, राजविराज, त्रिशुली, भरतपुर, पोखरा, बुटवल, दाङ र धनगढीका साझा प्रकाशनका बिक्री कक्षहरुमा पनि चलिरहेको छ । पुस्तक प्रदर्शनी पुस ३० गतेसम्म चल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप