सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टिकटकबाट जुवा खेलाउनेलाई प्रहरीले पक्राउ गर्न थाल्यो

पक्राउ परेका ४ जनाबाट ४० लाखको कारोबार
बिहीबार, २८ पुस २०७९, १८ : २१
बिहीबार, २८ पुस २०७९

 

 

 

 

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने कार्यमा संलग्नलाई पक्राउ गर्न थालेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने ४ जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको हो  । 

 

पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । 

 

ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट पक्राउ परेका उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप