आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१ मत बदर हुँदा सुदूरपश्चिम सभामुख हुनबाट रोकिए भण्डारी

बिहीबार, २८ पुस २०७९, १९ : ४९
बिहीबार, २८ पुस २०७९

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदका लागि भएको मतदानमा कसैको पनि बहुमत नपुग्दा पुनः निर्वाचन हुने भएको छ । प्रदेशको सभामुखका लागि बिहीबार भएको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि पुनः शुक्रवार बिहान ११ बजे मतदान हुने छ ।

सभामुख पदको लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको थियो । निर्वाचनमा भण्डारीको पक्षमा २६ र रावलको पक्षमा २३ मत खसेको थियो । ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा ५० जना प्रदेश सभा सदस्य उपस्थित रहेका थिए । निर्वाचनमा सहभागी नहुनेमा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी रहेका छन् ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको लागि २७ मत आवश्यक पर्छ । तर १ मत बदर हुँदा भण्डारी सभामुख हुनबाट रोकिएका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप