धरानमा ६ वर्षीया बालिका बलात्कृत
बिहीबार, २८ पुस २०७९, २१ : १०
सुनसरीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना किशोर पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
धौलाकोटीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित लांघाली सामुदायिक जंगलभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।