आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तालिबानका कारण अस्ट्रेलियाले अफगानिस्तानसँग सिरिज नखेल्ने

बिहीबार, २८ पुस २०७९, २२ : ०३
बिहीबार, २८ पुस २०७९

सिड्नी । क्रिकेट अस्ट्रेलियाले बिहीबार अफगानिस्तान विरुद्धको शृङ्खला नखेल्ने बताएको छ । तालिबानद्वारा महिलामाथि बढ्दो प्रतिबन्धको बीचमा सिरिजलाई ‘अगाडि बढाउन नसक्ने’ निर्णय गरेको अस्ट्रेलियाले जनाएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार अस्ट्रेलिया र अफगानिस्तानले युएईमा आईसीसी सुपर लिग अन्तर्गत मार्चमा तीन एकदिवसीय सिरिज खेल्ने तालिका थियो। तर क्रिकेट अस्ट्रेलियाले यो सिरिजमा सहभागी नहुने निर्णय गरेको छ ।

अस्ट्रेलियाले भनेको छ, ‘महिलाहरुलाई शिक्षा, रोजगारी, पार्क र जिममा प्रतिबन्ध लगाउने तालिबानको निर्णयपछि हामीले यो निर्णय गरेका हौँ। अस्ट्रेलिया क्रिकेट बोर्ड अफगानिस्तान लगायत विश्वभर महिला र पुरुषको खेललाई प्रवर्द्धन गर्न प्रतिबद्ध छ । अफगानिस्तानमा महिलाहरूको अवस्था सुधार्ने आशामा त्यहाँ क्रिकेट बोर्डसँग छलफल जारी रहनेछ।’

अफगानिस्तान र अस्ट्रेलियाले आगामी तीन वर्षमा दुईवटा सिरिज खेल्नुपर्नेछ । अगस्ट २०२४ मा तीन खेलको टी २० शृङ्खला र अगस्ट २०२६ मा एक टेस्ट र तीन टी २० खेलहरू प्रस्ताव गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप