सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज यी तीन प्रदशेमा हल्का वर्षाको सम्भावना

शुक्रबार, २९ पुस २०७९, ०७ : १५
शुक्रबार, २९ पुस २०७९

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात तथा तराइमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा  समेत प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप