घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्ने
शुक्रबार, २९ पुस २०७९, ०७ : ४६
काठमाडौं । नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । त्यसका लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रम राखेको छ ।
सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो । कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने बताइउको छ ।
एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए । केहीदिनअघि उनले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खोलेका थिए ।